सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम
साउनदेखि लागू हुने
काठमाडौं : मधेस प्रदेश सरकारले प्रदेश निजामती सेवाअन्तर्गत सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान निर्धारण गरेको छ। प्रदेशको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सहायक तेस्रो तहका कर्मचारीको सुरु मासिक तलब ३० हजार ३७३ रुपैयाँ कायम गरिएको छ।
सातवटा ग्रेड पूरा गरेपछि उनीहरूको अधिकतम कुल तलब ३७ हजार ४५७ रुपैयाँ पुग्नेछ। मन्त्रालयका अनुसार नयाँ तलबमान २०८३ साउन १ गतेदेखि लागू हुने गरी कायम गरिएको हो।
मधेस प्रदेश मन्त्रिपरिषद्को २०८३ भदौ २६ गते बसेको बैठकले प्रदेश निजामती सेवाका सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले नयाँ तलबमान कायम गरी प्रदेशअन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान तथा कार्यालयलाई जानकारी गराएको छ।
प्रदेश सरकारको कार्यसम्पादन नियमावली, २०८० को नियम २३९१० बमोजिम मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा ल्याइएको अर्थ मन्त्रालयले जनाएको छ।
.gif)

.png)
