चार प्रदेशका सचिवालय सदस्यलाई ओलीले गरे भर्चुअल सम्बोधन
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चार प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्।
मंगलबार पार्टी कार्यालय च्यासलबाट ओलीले कोशी, मधेश, राजधानी र बागमती प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यसँग भर्चुअल संवाद गरेका हुन्।
एमालेले कार्यक्रमलाई पार्टीका प्रदेश तथा जिल्ला तहका सचिवालय सदस्यसँगको अध्यक्षको भर्चुअल सम्बोधनका रूपमा सार्वजनिक गरेको छ। एमालेको आधिकारिक वेबसाइटमा अध्यक्ष ओली पार्टी अध्यक्षका रूपमा उल्लेख छन्।
.gif)

.png)


