दक्षिण सुडानमा नेपाली शान्ति सेनाको टोली फेरियो, २०४ जना स्वदेश फर्किए
काठमाडौं : संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना मिसनअन्तर्गत दक्षिण सुडानमा खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। मिसनमा नयाँ टोली पठाइएसँगै कार्यकाल पूरा गरेका २०४ जना शान्ति सैनिक स्वदेश फर्किएका छन्।
दक्षिण सुडानस्थित संयुक्त राष्ट्र सङ्घीय मिसन (यूएनएमआईएसएस) मा तैनाथ श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई प्रतिस्थापन गर्न श्री नारायणदल गण (शान्ति सेना) १६औँ डफ्फाको अन्तिम टोली दक्षिण सुडान प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
.jpg)
नारायणदल गणका २०३ जना शान्ति सैनिकको दोस्रो तथा अन्तिम टोली २०८३ असोज २८ गते मिसन क्षेत्रमा प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ। सोही दिन मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका नयाँ गोरख गणका २०४ जना शान्ति सैनिक स्वदेश फर्किएका छन्।
नेपाली सेनाका अनुसार हाल दक्षिण सुडानस्थित संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना मिसनमा १ हजार ६९ जना नेपाली शान्ति सैनिक कार्यरत छन्।
.jpeg)
.gif)

.png)



