५० हजार घुस मागेको आरोपमा नापी अधिकृत र सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : सेवाग्राहीसँग घुस रकम मागेको आरोपमा काठमाडौंको कलंकीस्थित नापी कार्यालयका तत्कालीन नापी अधिकृत हिरालाल पार्घे र सर्भेक्षक अमित कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जग्गा हालसाबिक गरी प्लट मिलानको काममा सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग घुस रकमको बार्गेनिङ गरेका थिए।
नियमअनुसार सम्पन्न गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख तथा हैरानी दिएको र त्यसपछि घुस लिन सहमत भएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरूलाई सोही ऐनअनुसार कैद तथा जरिवाना गर्न मागदाबी गर्दै आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
.gif)

.png)

