पाइलटबीच ‘हिंसात्मक घटना’पछि फ्लाई दुबईको विमान साउदीतर्फ डाइभर्ट


२०८३ असोज १४ बुधबार १४:२७ बजे
फाइल फोटो

काठमाडौं : यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच ‘हिंसात्मक घटना’ भएपछि विमान साउदी अरेबियातर्फ डाइभर्ट गरिएको छ।

सीएनएनका अनुसार विमान ३४ हजार फिटको उचाइमा उडिरहेका बेला करिब दुई मिनेटमै १६ हजार ६ सय फिट आसपासमा झरेको थियो। उडान ट्र्याकिङ तथ्यांकअनुसार घटना स्थानीय समयअनुसार राति करिब १ः२० बजे भएको हो।

विमान बुधबार अचानक आफ्नो मार्ग परिवर्तन गरेर साउदी अरबमा अवतरण समेत गरेको छ। विमानबाट अपहरणको संकेत दिने आपत्कालीन कोड प्रसारण भएपछि इजरायलले लडाकु विमानसमेत परिचालन गरेको थियो ।

पछि यो घटना अपहरण नभई विमानका दुई पाइलटबीच भएको झगडाका कारण उत्पन्न भएको बताइएको छ। फ्लाई दुबईको एफजेड १०७३ उडान दुबईबाट तेलअभिभका लागि जाँदै थियो। उडानका क्रममा विमानले पहिले सामान्य आपत्कालीन संकेत ७७०० र त्यसपछि सम्भावित विमान अपहरण वा गैरकानुनी हस्तक्षेप जनाउने ७५०० कोड प्रसारण गरेको थियो।

त्यसपछि इजरायली वायुसेनाले लडाकु विमान परिचालन गरेको थियो। विमानले आफ्नो मार्ग परिवर्तन गर्दै साउदी अरबको ताबुक विमानस्थलतर्फ अवतरण गरेको थियो।

विमान सुरक्षित रूपमा अवतरण गरेपछि यात्रुहरू सकुशल रहेको फ्लाई दुबईले जनाएको छ। रोयटर्सले इजरायली अधिकारीलाई उद्धृत गर्दै विमानका दुई पाइलटबीच शारीरिक झगडा भएपछि आपत्कालीन संकेतहरू प्रसारण भएका थिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। सुरुमा विमान अपहरण भएको आशंका गरिए पनि इजरायली प्रधानमन्त्री कार्यालयका प्रवक्ताले यसलाई विमान अपहरणको घटना नभएको स्पष्ट गरेका छन् ।

घटनापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्रीले आपत्कालीन छलफल गरेका थिए। इजरायलले साउदी अरबमा रहेका यात्रुलाई स्वदेश फर्काउने प्रयास भइरहेको जनाएको छ।

विमानमा १७० भन्दा बढी यात्रु रहेको बताइएको छ। फ्लाई दुबईले भने यात्रु तथा चालक दलका सबै सदस्य सुरक्षित रहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७