कांस्य जितेर स्वदेश फर्कियो महिला कबड्डी टोली


२०८३ असोज १४ बुधबार १७:५२ बजे

काठमाडौं : २०औँ एसियाली खेलकुदमा कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ।

बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको टोलीलाई भव्य स्वागत गरिएको थियो। सेमिफाइनलमा भारतसँग ४८–२४ अंकले पराजित भएपछि नेपालले कांस्य पदकमा चित्त बुझाएको थियो।

स्वदेश फर्किएपछि टोलीकी कप्तान मानमती विष्टले मुख्य लक्ष्य फाइनल पुग्ने भए पनि सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा चुनौतीपूर्ण बनेको बताइन्।

एसियाली स्तरको ठूलो प्रतियोगितामा अघिल्लो उपलब्धिलाई निरन्तरता दिँदै पदक जित्न सफल हुनु ठूलो उपलब्धि भएको उनको भनाइ थियो। रणनीति सोचेजस्तो पूर्ण रूपमा सफल नभए पनि प्राप्त कांस्य पदकबाट टोली सन्तुष्ट र खुसी रहेको उनले बताइन्।

नेपालसँग आफ्नै कभर्ड हल र कबड्डी मैदान नहुँदा लामो समयदेखि समस्या रहँदै आएको कप्तान विष्टले बताइन्। तर प्रतियोगिताभन्दा करिब ६ महिनाअघिदेखि खेलाडीहरूले ती अभावलाई बिर्सिएर खेल, पदक र देशको झन्डालाई केन्द्रमा राखेर तयारी गरेको उनले उल्लेख गरिन्।

नेपालले समूह चरणमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। त्यसपछि श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७