उद्धार कोषमा साइमेक्स र बीवाईडीको ७ करोड रुपैयाँ सहयोग हस्तान्तरण
काठमाडौं : बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि चिनियाँ विद्युतीय सवारीसाधन उत्पादक कम्पनी बीवाईडी र नेपालका लागि यसको आधिकारिक वितरक साइमेक्स इन्कले सरकारलाई ७ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।
सहयोग रकमको चेक साइमेक्स इन्कर्पोरेटेड प्रालिका अध्यक्ष अनिल श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले रसुवा कम्पनीका लागि केवल एउटा नाका नभई आफ्नो यात्रासँग जोडिएको महत्वपूर्ण अध्याय रहेको बताइन् ।
‘रसुवा हाम्रो लागि केवल एउटा नाका मात्र होइन, हाम्रो यात्रासँग जोडिएको एउटा महत्वपूर्ण अध्याय हो । यही रसुवाबाट हाम्रो बीवाईडी–साइमेक्सको यात्रा अघि बढेको थियो । आज यही ठाउँमा यति ठूलो विपत्ति आइपर्दा हामी अत्यन्त दुःखी र चिन्तित छौँ,’ उनले भनिन् । उनले विपद्को कठिन समयमा एकअर्कालाई साथ दिनुपर्ने बताउँदै प्रभावित परिवार, उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग गर्न बीवाईडी र साइमेक्सले आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताइन् ।
‘रसुवाले हाम्रो यात्रालाई सुरु गर्न साथ दिएको थियो । आज रसुवालाई हाम्रो साथ चाहिएको बेला हामी पनि पछाडि हट्ने छैनौँ,’ उनले भनिन् ।श्रेष्ठले प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भनिन्, ‘हामी सँगै थियौँ, सँगै छौँ र यो कठिन समय पनि सँगै पार गर्नेछौँ ।’
.gif)

.png)

