माछापोखरीको गेस्ट हाउसमा जुवा खेल्ने १२ जना पक्राउ
काठमाडौं : काठमाडौंको माछापोखरीस्थित एक गेस्ट हाउसमा जुवा खेलिरहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । मङ्सिर ४ गते राति करिब १० बजे काठमाडौँ महानगरपालिका–१६ स्थित गेस्ट हाउसमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीले घटनास्थलबाट १ लाख ९३ हजार १८५ रुपैयाँ नगद र चार बुक तास बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा कृष्ण गुरुङ, जितबहादुर गुरुङ, नवीन गुरुङ, समीर गुरुङ, अशोक शर्मा, अरुण खनाल, रामशरण केसी, च्यारी गुरुङ, हेमन्त गुरुङ, वीरबहादुर गुरुङ र डम्मरसिंह गुरुङ रहेका छन् ।
प्रहरी वृत्त बालाजुले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
.gif)

.png)




