दिल्ली पुगे प्रधानमन्त्री बालेन : भारतीय राज्यमन्त्रीले गरे स्वागत
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारतको राजधानी नयाँ दिल्ली पुगेको छ ।
प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल परिसरबाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

.gif)

.png)




