नेपाल–चीन सम्बन्ध कूटनीतिक सम्बन्धभन्दा हजारौँ वर्ष पुरानो : अध्यक्ष दाहाल
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाभन्दा धेरै पुरानो रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा चिनियाँ यात्री तथा भिक्षु ह्वेन साङद्वारा लिखित ‘महान ताङको पश्चिमी क्षेत्रको अभिलेख’ पुस्तकको नेपाली संस्करण लोकार्पण गर्दै अध्यक्ष दाहालले दुई देशबीच हजारौँ वर्षदेखि सांस्कृतिक, सामाजिक तथा व्यापारिक सम्पर्क रहँदै आएको उल्लेख गरे। उनका अनुसार चीनमा सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न भएपछि सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो।
(1).jpeg)
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको पनि उनले बताए। अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाले ग्लोबल साउथका मुलुकहरूबीच सम्पर्क र सहकार्य विस्तार गर्ने प्रयास गरेको उल्लेख गरे।
ह्वेन साङको यात्रावृत्तान्तमा आधारित पुस्तकले नेपाल–चीन सम्बन्धको ऐतिहासिक पक्षसँगै ताङ वंशको इतिहास र बौद्ध धर्मबारे बुझ्न नेपाली पाठक तथा युवा पुस्तालाई सहयोग पुग्ने अध्यक्ष दाहालले बताए। पुस्तकले दुई देशबीचको ऐतिहासिक सम्बन्ध र जनस्तरको सम्पर्कलाई थप प्रगाढ बनाउनसमेत योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे।
.jpeg)
.gif)

.png)

