सूर्य नेपाल भेन्चर्सको नयाँ उत्पादन ‘मंगलदीप सेन्ट ३ इन १’ बजारमा


२०८३ असोज २ शुक्रबार १५:३१ बजे

काठमाडौं : सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालि. (एसएनभीपीएल)ले ‘मंगलदीप सेन्ट ३ इन १’ अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध—‘एब्सोल्युट’, ‘रोयल’ र ‘इन्टेन्सिटी’—लाई एउटै प्याकमा समावेश गरिएको कम्पनीले जनाएको छ।

परम्परागत सुगन्धलाई आधुनिक अनुभवसँग जोड्ने उद्देश्यले विकास गरिएको ‘मंगलदीप सेन्ट ३ इन १’ नेपाली उपभोक्ताको बदलिँदो रुचि र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार अगरबत्ती चारकोलरहित हुनुका साथै लामो समयसम्म सुगन्ध कायम रहने विशेषतासहित तयार गरिएको छ। एउटै प्याकमा तीन फरक सुगन्ध उपलब्ध भएकाले उपभोक्ताले आफ्नो रुचि, मनोभाव वा अवसरअनुसार छनोट गर्न सक्नेछन्।

सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तायलले नयाँ उत्पादनले नेपाली उपभोक्ताका लागि नवीन र सोचविचारपूर्वक तयार गरिएका उत्पादन ल्याउने कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए। उनले परफ्युमबाट प्रेरित तथा चारकोलरहित सुगन्धमार्फत उपभोक्तालाई थप आनन्ददायी दैनिक अनुभव प्रदान गर्ने उद्देश्यले उत्पादन विकास गरिएको बताए। नयाँ उत्पादनले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता बुझ्दै उत्पादनमा निरन्तर लगानी गर्ने कम्पनीको नीतिलाई समेत निरन्तरता दिएको उनको भनाइ छ।

लामो समयदेखि अगरबत्तीको बजारमा स्थापित मंगलदीपले ‘सेन्ट ३ इन १’ मार्फत आफ्नो उत्पादन पोर्टफोलियो थप विस्तार गरेको छ। कम्पनीको पोर्टफोलियोमा चन्दन, चम्पा, अर्पण, ज्यास्मिन, म्यारिगोल्ड र ल्याभेन्डरलगायत विभिन्न सुगन्धका अगरबत्ती छन्। ‘मंगलदीप सेन्ट ३ इन १’ १०० रुपैयाँ र २०० रुपैयाँका प्याकमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यो उत्पादन नेपालभरका किराना पसल, जनरल ट्रेड तथा आधुनिक व्यापारिक आउटलेटमा बिक्रीका लागि राखिनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७