राजेन्द्र महतोको पार्टीमा पहिरो, महासचिवसहित ९ नेता बाहिरिए


२०८३ असोज २ शुक्रबार १४:३३ बजे
फाइल फोटो

काठमाडौं : राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आन्तरिक असन्तुष्टि सतहमा आएको छ। पार्टीका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय नेताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।

पार्टीबाट अलग हुनेमा महासचिव झासहित केन्द्रीय सदस्य चन्द्रानन्द मिश्र, पंकजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु छन्। उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन्। पार्टी परित्यागको कारणबारे उनीहरूले पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो राजनीतिक शैली र पुराना व्यक्तिहरूबाट अब देशको राजनीति अघि बढ्ने अवस्था नरहेको बताएका छन्। उनीहरूले जनतामा निराशा बढेको र विभिन्न संघर्ष तथा आन्दोलन भए पनि न्यूनतम आवश्यकता पूरा हुन नसकेको उल्लेख गरेका छन्।

उनीहरूले नेपालको मौलिक परिस्थितिसँग मेल खाने वैचारिकीका आधारमा बलियो अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने अर्थ–राजनीतिक बाटो आवश्यक रहेको बताएका छन्। त्यसका लागि सामाजिक–सांस्कृतिक चेतना विकासमा अभियानलाई निरन्तरता दिने, राजनीतिक चेतनाका लागि संघर्ष गर्ने र आर्थिक चेतनाका लागि ‘विद्रोहको तयारी’ गर्ने उनीहरूको भनाइ छ।

राजीनामा दिएका नेताहरूले अब ‘हुंकार मधेश अभियान’मार्फत वैचारिक विकल्प र राजनीतिक यात्रालाई अघि बढाउने बताएका छन्। उनीहरूले समाजका विभिन्न क्षेत्रका सक्षम व्यक्तित्वलाई एकताबद्ध गर्दै आगामी राजनीतिक गतिविधिलाई नयाँ ढंगले अघि बढाउने बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७