यस्तो छ राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र
काठमाडौं: आगामी फागुन २१ गते हुने निर्वाचनको लागि राष्ट्रिय मुक्ति पार्टी, नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष राजेन्द्र महतोले घोषणापत्र सार्वजनिक गर्दै 'स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान' भन्ने मूल नारासहित आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्।
घोषणापत्रका केहि मुख्य बुँदाहरू:
-सामुदायिक भूमि र स्रोत स्वामित्व: पार्टीले आर्थिक विषमताको न्यूनिकरणका लागि सामुदायिक भूमि र स्रोतको स्वामित्व लागू गर्ने योजना प्रस्तुत गरेको छ।
-न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा: पार्टीले कामकाजी जनतालाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको ग्यारेन्टी दिने प्रतिबद्धता जनाएको छ।
-जातीय श्रेणीविहीन समाज: पार्टीले जातीय भेदभाव हटाई समान अवसर र अधिकारको आधारमा एक समतामूलक समाज निर्माण गर्ने लक्ष्य राखेको छ।
.gif)

.png)

