त्रिशूली–१ को अडिट टनेलबाट ६ शव निकालियो


२०८३ असोज २ शुक्रबार १२:३८ बजे

रसुवा : रसुवास्थित त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङभित्र खोजी गर्ने क्रममा थप ६ जनाको शव फेला परेको छ। नेपाली सेनाका अनुसार शुक्रबार आयोजनाभित्र रहेको अडिट टनेलमा खोजी गर्ने क्रममा ढलानका लागि बनाइएको फलामे डन्डीको जालीभित्र अल्झिएको अवस्थामा ती शव फेला परेका हुन्।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी शवहरू बाहिर निकालिएको हो। सुरुङभित्र अझै अन्य शव हुन सक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ। हिलोले पुरिएको अवस्थामा शवजस्तो आकृति देखिएपछि सुरक्षाकर्मीले त्यस क्षेत्रमा थप सावधानीपूर्वक खोजी गरिरहेका छन्।

सेनाले सुरुङको भित्री भागमा सम्भावित शव तथा बेपत्ताको खोजीलाई निरन्तरता दिइरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७