बालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ


२०८३ कार्तिक ७ शुक्रबार २१:१८ बजे

तनहुँ : १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तनहुँको भिमादबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भिमाद नगरपालिका–४ सारडाँडा निवासी २१ वर्षीय सञ्जय राना रहेका छन्। बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले रानालाई बिहीबार राति नियन्त्रणमा लिएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७