क्यासिनोबाट पाँच नेपाली पक्राउ
वीरगन्ज : क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने खेलाउने कार्यमा संलग्न पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगन्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।
बाराको पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी–१ का सुवासकुमार र परवानीपुर गाउँपालिका–५ का सुनिल पटेल तथा रौतहटको बौधीमाई नगरपालिका–९ का सुमेश्वरनाथ प्रसादलाई बुधबार (कात्तिक ४) प्रहरीले नियन्त्रणमा लिएको हो ।
जुवा खेल्ने खेलाउने गरेको आरोपमा पक्राउ परेकाका विषयमा थप अनुसन्धान भइरहेको डीएसपी मल्लले जानकारी दिए । रासस
.gif)

.png)



