मोरङमा एमाले प्रतिनिधि छनोटमा विवाद, हातपात हालाहाल


२०८२ मङ्सिर १३ शनिबार १५:०९ बजे

काठमाडौँ : नेकपा एमालेको महाधिवेशनका लागि प्रतिनिधि छनोटमा मोरङमा विवाद बढ्दा धक्कामुक्की भएको छ । 

विराटनगरस्थित मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि चयनका क्रममा उत्पन्न विवादले हात हालाहालसम्म परिस्थिति पुगेको हो। 

मोरङमा संस्थापन पक्ष र इतर समूहबीच प्यानल प्रतिस्पर्धा चलेको र सर्वसम्मतरूपमा प्रतिनिधि चयन हुन नसकेपछि निर्वाचनमा डबल मत हालेको आरोप लगाउँदै विवाद सुरु भएको थियो ।

प्रतिनिधि छनोटका बीच विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको हो । विवाद बढेपछि केही समय मतदान रोकिएको मतदान पुनः सुरु गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७