सचिव बढुवाका लागि ३ सहसचिव सिफारिस
काठमाडौं : नेपाल सरकारको रिक्त एक सचिव पदमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ। लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठताका आधारमा क्रमशः इन्दु घिमिरे, श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टको नाम सिफारिस गरेको हो।
घिमिरे यसअघि भएको बढुवा सिफारिसमा दोस्रो नम्बरमा थिइन्। पहिलो नम्बरमा रहेका कमल भट्टराईको सचिवमा बढुवा भएपछि घिमिरे यसपटक वरिष्ठताका आधारमा पहिलो नम्बरमा परेकी हुन्।
अब मन्त्रिपरिषद्को आगामी सोमबार बस्ने बैठकले सिफारिसमा परेका तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने सम्भावना छ। सिफारिसमा परेकी घिमिरे हाल पर्यटन मन्त्रालयमा, नेपाल एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकका रूपमा र भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत छन्।
.gif)

.png)

