न्यायाधीश डाँगीसहित ६ जना सवार स्कार्पिओ जुरिखेतमा दुर्घटनाग्रस्त
हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी
हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कार्पिओ दुर्घटना हुँदा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पिओ आज बिहान भीमफेदी–६ स्थित जुरिखेतमा दुर्घटनामा परेको हो। दुर्घटनामा स्कार्पिओमा सवार चार पुरुष र दुई महिला घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।
घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ। उनीहरूमध्ये गम्भीर अवस्थाका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
.gif)

.png)

