उपसचिव तहको परीक्षा रोक्न लोकसेवा आयोगलाई पत्र


२०८२ पौष २१ सोमबार २०:१२ बजे

काठमाडौँ : निर्वाचन आयोगले उपसचिव तहको परीक्षा स्थगित गर्न लोकसेवा आयोगलाई पत्र पठाएको छ ।

निर्वाचनको समयमा खटिने शाखा अधिकृतहरूले परीक्षाको तयारी गर्न समय नपाउने भन्दै आयोगले परीक्षा सार्न आग्रह गरेको हो ।

‘निर्वाचनको काम गर्ने अधिकांश कर्मचारी शाखा अधिकृत छन् । तिनीहरूले जाँच दिन नपाउने भए,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘जाँच स्थगित गर्न भनेर हामीले निर्णय नै गरेर पठाएका छौँ ।’

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले निर्वाचन आयोगबाट पत्र प्राप्त भएको र त्यसबारे अध्ययन भइरहेको बताए । निर्वाचन आयोगले सञ्चालन भइसकेका परीक्षाको नतिजा प्रकाशन पनि पछि सार्न लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगहरूलाई सुझाव दिएको छ ।

स्वीकृत भइसकेका परीक्षा गर्ने तर तत्काल नतिजा प्रकाशन नगर्न आयोगले भनेको हो । तर लोकसेवा आयोगले भने सहसचिव तहको परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी भइरहेको जनाएको छ ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७