देशभर करिब ६० प्रतिशत मत खसेको छ : निर्वाचन आयोग


२०८२ फाल्गुण २१ बिहीबार १८:३२ बजे

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।

आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार हालसम्म प्राप्त विवरणका आधारमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको हो।

उनले पूर्ण विवरण भने अझै संकलन भइरहेको जानकारी दिए । यस निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका थिए । 

तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २ सय जना अन्य मतदाता रहेका थिए।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७