प्रहरीले नै मेरो घर अगाडि गाडी राखे: गगन थापा


२०८३ भदौ १ सोमबार १८:३५ बजे

काठमाडौं :  नेपाली कांग्रेसका सभापति गगन थापाले केही समयअघि आफ्नो जलाइएको घरको गेट अगाडि गाडी तेर्स्याइएको घटनाबारे ढिलागरी मुख खोलेका छन्। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समापन मन्तव्यका क्रममा थापाले उक्त घटनाबारे जानकारी दिँदै गाडी आफ्नो घरको गेटमा प्रहरीले नै चलाएर ल्याएको खुलासा गरेका हुन्।

थापाका अनुसार उनको जलाइएको घरको गेटमा एउटा निजी गाडी राखिएको थियो। गाडी कसले र किन राखेको भन्नेबारे परिवारका सदस्यले जानकारी लिन खोज्दा सम्बन्धित निकायबाट स्पष्ट जवाफ नदिइएको उनले बताए।

‘केही समयअघि मेरो जलाइएको घरको गेटमा एउटा प्राइभेट गाडी राखियो। त्यो गाडी कसको थियो, थाहा भएन। निजी सम्पत्तिमा क्षति पुर्‍याउनु हुँदैन भन्नेमा म सचेत थिएँ,’ थापाले भने।

उनका अनुसार दिउँसो उक्त गाडी हटाएर ट्राफिक कार्यालय लगिएको थियो। त्यसपछि परिवारका सदस्य गाडीको स्वामित्वबारे जानकारी लिन ट्राफिक कार्यालय पुगेका थिए। ‘मेरो परिवारका सदस्यहरू गाडी कसको हो भनेर बुझ्न ट्राफिक कार्यालय जानुभयो। त्यो थाहा पाउने हाम्रो हक थियो। तर कसको गाडी हो भनेर बताइएन,’ उनले भने।

केही समयपछि एक व्यक्ति आफूले उक्त गाडी चलाएर लगेको भन्दै उपस्थित भएको र उनको परिचय खोज्दा प्रहरी रहेको खुलेको थापाको भनाइ छ। ‘एकछिनपछि एकजना व्यक्ति त्यो गाडी मैले चलाएर लगेको भन्दै आउनुभयो। उहाँको परिचय खोज्दै जाँदा प्रहरी भएको थाहा भयो,’ थापाले भने। थापाले उक्त घटनालाई वर्तमान सरकारमा देखिएको शासकीय अराजकता’ को उदाहरण भएको टिप्पणी गर्दै सरकारले देशमा शासकीय अराजकता निम्त्याइरहेको आरोप लगाए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७