मन्त्री र सांसदबीच बढ्दो असमझदारी रोक्ने रवि लामिछानेको तयारी, आज अन्तर्क्रिया

संसदीय अनुशासनबारे रास्वपाले सांसदलाई सचेत गराउने


२०८३ भदौ ३ बुधबार ०८:०९ बजे

काठमाडौं : प्रतिनिधिसभामा सरकार र पार्टीका सांसदबीच असमझदारी बढ्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्रीसहित संसदीय दलको बैठक तथा अन्तर्क्रिया गर्ने भएको छ। आज बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले मन्त्री तथा सांसदलाई निर्देशन दिनेछन्।

बैठकमा सरकार र पार्टीका सांसदबीच पछिल्लो समय देखिएको असमझदारीलगायत गतिविधिबारे समीक्षा गरिने एक नेताले बताए। संसदीय अनुशासनको विषयमा प्रश्न उठेका सांसदलाई सचेत गराउने तयारीसमेत रहेको ती नेताले बताए। संसद्मा बोल्ने भाषा र सार्वजनिक गतिविधि मर्यादित हुनुपर्नेमा त्यसको ख्याल नगर्ने प्रवृत्ति बढेपछि पार्टीभित्र असमझदारी बढेको उनको भनाइ छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालको जवाफ चित्त नबुझेपछि सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन्। सभामुख डीपी अर्यालले संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराउँदै उनलाई बोल्न समय नदिएपछि तामाङ संसद् बैठकबाट बाहिरिएकी थिइन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७