प्रधानमन्त्री र सरकारबारे अहिले नै समीक्षा गर्ने अवस्थामा पुगेका छैनौँ : रवि लामिछाने


२०८३ श्रावण १३ बुधबार ११:३३ बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सरकारको कामबारे समीक्षा गर्ने अवस्थामा पार्टी नपुगेको बताएका छन्।

सुनसरीको देवानगञ्ज घटनापछि आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री र सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भन्दै अहिले नै सरकारको समीक्षा गर्ने बेला नभएको बताए। ‘प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेको छ। अहिले नै हामी समीक्षाको विन्दुमा पुगेका छैनौँ। उहाँले आफ्नो काम गर्नुहुनेछ भन्ने विश्वास छ,’ उनले भने।

सर्वदलीय बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएका थिए। त्यसबारे प्रतिक्रिया दिँदै लामिछानेले उक्त बैठक सरकारको नभई दलहरूका शीर्ष नेताहरूबीचको छलफल भएको बताए।

‘यो बैठक नितान्त दलका शीर्ष नेताहरूको बैठक हो। यसमा सरकारको प्रतिनिधित्व स्वर्णिम वाग्लेबाट भएको छ,’ उनले भने। उनले अप्ठ्यारो परिस्थितिमा मुलुकलाई निकास दिन सर्वपक्षीय पहल, सहकार्य र समझदारी आवश्यक रहेको बताए। सबै राजनीतिक दलहरू सामाजिक सद्‌भाव र शान्ति कायम गर्ने विषयमा जिम्मेवार ढंगले अघि बढ्न सहमत भएको उनको भनाइ थियो।

लामिछानेले घटनाको प्रारम्भिक चरणमै सरकारबारे निष्कर्षमा पुग्न नहुने भन्दै सरकारले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७