रवि लामिछानेको चीन भ्रमण पर सर्यो
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साताका लागि सरेको छ । यसअघि लामिछाने अगस्ट दोस्रो साता चीन भ्रमणमा जाने तयारी थियो । तर, आन्तरिक तयारीलगायतका कारण भ्रमणको मिति सेप्टेम्बर दोस्रो सातालाई सारिएको स्रोतले जनाएको छ ।
भ्रमणका क्रममा लामिछाने तिब्बतस्थित मानसरोवरसमेत जाने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताए । यसअघि उनको मानसरोवर भ्रमण हुने वा नहुने निश्चित भएको थिएन ।
चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने तयारी रहेको बताइएको छ । यद्यपि, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने उनको भेट नहुने स्रोतले जनाएको छ ।
यसअघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर फर्किएका लामिछानेले चीनमा पनि सोही प्रकृतिको उच्चस्तरीय भेटघाटको प्रबन्ध मिलाउन प्रयास गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
.gif)

.png)

