प्रहरी र सशस्त्र प्रहरीको निमित्त प्रमुखमा राजन अधिकारी र वंशीराज दाहाल


२०८३ असार २२ सोमबार ००:१२ बजे

काठमाडौं । नेपाल प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ एआईजी राजन अधिकारीलाई दिइएको छ भने सशस्त्र प्रहरी बल (एपीएफ) को निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ एआईजी वंशीराज दाहालले पाएका छन्।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल संयुक्त राष्ट्रसंघ (यूएन)ले न्यूयोर्कमा आयोजना गरेको सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आइतबार अमेरिका प्रस्थान गरेपछि दुवै संगठनमा निमित्त नेतृत्वको व्यवस्था गरिएको हो।

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार आईजीपी कार्कीको अनुपस्थितिमा नेपाल प्रहरीको नियमित प्रशासनिक तथा संगठनात्मक कार्यको जिम्मेवारी एआईजी अधिकारीले सम्हाल्नेछन्। अधिकारी हाल मानवस्रोत विकास विभागबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भइसकेका छन्।

यस्तै, सशस्त्र प्रहरी बलमा सीमा सुरक्षा विभाग प्रमुख एआईजी वंशीराज दाहालले महानिरीक्षक पौडेलको अनुपस्थितिमा संगठनको नेतृत्व सम्हाल्नेछन्।

आईजीपी कार्की र महानिरीक्षक पौडेल जुलाई ७ देखि ९ सम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा हुने सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७