कांग्रेस सभापति थापाको घर अगाडि पनि शंकास्पद गाडी, प्रहरीकै गाडी चढेर निस्कियो चालक
काठमाडौं : काठमाडौँका विभिन्न सञ्चारगृह अगाडि बेवारिसे सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गरिएको घटना सेलाउन नपाउँदै नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि उस्तै प्रकृतिको अवरोध सिर्जना गरिएको छ।
रातोपुलस्थित सभापति थापाको निवासको गेट अगाडि 'बाएसी ९५७५' नम्बरको गाडी पार्किङ गरिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार, बिहान ७ बजेदेखि नै उक्त गाडी त्यहाँ राखिएको हो। गाडीलाई यसरी तेर्स्याएर राखिएको छ कि निवासबाट दुईपाङ्ग्रे सवारीसाधन समेत बाहिर निस्कन सक्ने अवस्था छैन।
यस घटनालाई थप रहस्यमय बनाउने मुख्य विषय चालकको गतिविधि हो। प्रत्यक्षदर्शीहरूले दाबी गरेअनुसार, गाडी पार्किङ गरिसकेपछि चालकले त्यहाँबाट निस्केर नेपाल प्रहरीकै एउटा गाडी चढेर गएका छन्। उच्च राजनीतिक नेतृत्वको निवास अगाडि नै यस किसिमको गतिविधि हुनु र त्यसमा प्रहरीको साधनको प्रयोग देखिनुले घटनालाई थप गम्भीर बनाएको छ।
मिडिया हाउसहरूमा झैँ यहाँ पनि सवारी साधनको माध्यमबाट योजनाबद्ध तवरले अवरोध सिर्जना गरिएको छ। यस घटनाबारे थप विवरण र चालकको पहिचानबारे अनुसन्धान भइरहेको छ।
.gif)

.png)

