पूर्वाधारमन्त्रीलाई रास्वपा सचेतकले सम्झाइन् : स्थानीय तह आफैं विपद्को पीडित हो

‘विपद्को समयमा स्थानीय तहलाई दोष दिने होइन, सहारा बन्नुपर्छ’


२०८३ भदौ १६ मंगलबार २१:४२ बजे

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपद्का बेला प्रभावित स्थानीय तहलाई दोषारोपण गर्न नहुने बताएकी छन्।

मन्त्री लम्सालले बाढीपछि स्थानीय तह स्वतः परिचालन हुन नसकेको र संघीय सरकारसँग आवश्यक समन्वय नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। त्यसको जवाफमा धितालले मंगलबार सामाजिक सञ्जालमार्फत काठमाडौंमा बसेर प्रभावित स्थानीय तहको सक्रियतामाथि प्रश्न उठाउनु उचित नहुने बताएकी हुन्। उनले बाढीबाट प्रभावित स्थानीय तह आफैं विपद्को चपेटामा परेको भन्दै त्यहाँका जनप्रतिनिधि र संयन्त्रबाट तत्काल पूर्ण क्षमतामा कामको अपेक्षा गर्नु न्यायोचित नहुने उल्लेख गरेकी छन्।

‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप लगाउनु किमार्थ उचित हुँदैन। स्थानीय तह आफैं पनि यो विपद्को पीडित हो। उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ,’ उनले लेखेकी छन्।

आफ्नै गाँस, बास र कपास गुमाएका स्थानीय तहबाट अरूलाई सम्हाल्न तथा तत्काल प्रभावकारी निर्णय गर्न अपेक्षा गर्नु कति न्यायोचित हुन्छ भन्ने प्रश्नसमेत उनले उठाएकी छन्। धितालले विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच दोषारोपणभन्दा सहकार्य आवश्यक रहेको बताएकी छन्। प्रभावित प्रदेश तथा स्थानीय तहलाई सक्षम बनाएर अघि बढाउने जिम्मेवारी संघीय सरकारको भएको उनको भनाइ छ।

‘प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याउने होइन, उनीहरूलाई उभिन सक्ने बनाउने हाम्रो जिम्मेवारी हो। विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन्। हामी सहारा बनौँ,’ उनले लेखेकी छन्।

क्रान्तिशिखा धितालको टिप्पणी :

काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप लगाउनु किमार्थ उचित हुँदैन। अरे हामीले कस्तो नसम्झेको स्थानीय तह आफैं पनि यो विपद्को पीडित हो। उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ। जसले आफैं गाँस, बास र कपास गुमाएको छ, उसैबाट पूर्ण क्षमतामा सोच्न, निर्णय गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो? प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याउने होइन, उनीहरूलाई उभिन सक्ने बनाउने हाम्रो जिम्मेवारी हो।विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन्। हामी सहारा बनौ

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७