फूलपाती बढाइँको तयारी पुरा: प्रधानसेनापतिले गरे निरीक्षण (तस्बिरसहित)
उत्कृष्ट सैनिक सम्मानित
काठमाडौं : नेपाली सेनाले बडादसैँको अवसरमा आयोजना गर्ने फूलपाती बढाइँ समारोहको तयारी अन्तिम चरणमा पुर्याएको छ।
शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने समारोहको अन्तिम निरीक्षण बिहीबार प्रधानसेनापति महारथी अशोक राज सिग्देलले गरेका छन्।
देशमा शान्ति र समृद्धिको कामना गर्दै आयोजना गर्न लागिएको समारोहको तयारीबारे प्रधान सेनापति सिग्देलले आज निरीक्षण गरेका हुन्।
.jpeg)
निरीक्षणपछि उनले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका पेसागत प्रतियोगितामा उत्कृष्ट हुने फर्मेसन तथा युनिटहरूलाई पुरस्कार र कदरपत्र प्रदान गरेका थिए।
त्यसैगरी, उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई प्रधान सेनापति प्रशंसा निशानबाट सम्मान गरिएको थियो।
प्रकृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने सैनिकहरूलाई पनि प्रकृति संरक्षण पदक प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।
.jpeg)
त्यस अवसरमा मानार्थ उपसेनानी तथा प्राविधिक उपसेनानी दर्जामा पदोन्नति भएका सुबेदार तथा प्राविधिक सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको थियो।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाका अनुसार अन्तिम निरीक्षण कार्यक्रममा रथीवृन्द, सैनिक कर्मचारी, सैनिक परिवारजन तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
नेपाली सेनाले हरेक वर्ष बडादसैँको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह आयोजना गर्दै आएको छ।
(1).jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.gif)

.png)




