डोल्पा कारागारबाट सुरुङ खनेर भागे ८ कैदी
काठमाडौं : डोल्पा जिल्ला कारागारबाट शुक्रबार राति सुरुङ खनेर आठ कैदी फरार भएका छन्। जिल्लाको सदरमुकाम दुनैस्थित कारागारबाट रातिको समयमा सुरुङ खनेर उनीहरू भागेका हुन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक विनय सिंहका अनुसार फरार हुने सबै पुरुष कैदी हुन्। कारागारमा रहेका १७ कैदीमध्ये आठ जना सुरुङ खनेर भागेको उनले पुष्टि गरे। ‘जिल्ला कारागारमा जम्मा १७ कैदी थिए, तीमध्ये आठ जना राति सुरुङ खनेर भागेछन्,’ सिंहले टेलिफोनमा भने, ‘हामी अहिले उनीहरूको खोजी गरिरहेका छौँ।’
प्रहरी निरीक्षक सिंहले आफू घटनास्थलमै रहेकाले फरार कैदीहरूको नामावली तत्काल उपलब्ध गराउन नसकेको बताए। प्रहरीले फरार कैदीहरूको खोजी तीव्र पारेको जनाएको छ।
.gif)

.png)




