महिलाहरूको पहिलो रोजाइमा टाटा टियागो इभी


२०८० चैत १६ शुक्रबार ०६:४५ बजे

काठमाडाैं : टाटा मोटर्सको टाटा टियागो इभी नेपाली महिलाहरूको पहिलो रोजाइ बन्न सफल भएको छ।

आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन सजिलो हुने, ठूलो स्क्रिनले गर्दा रिभर्स गर्न र पार्किङका लागि सहज हुने, सीटहरूको उचाई मिलाएर उकालोमा सजिलै चलाउन सकिने, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडी महिलाहरूको रोजाइमा पर्न सफल भएको हो।

टाटा इभी यसको मूल्य तथा साइज कारण पनि महिला ग्राहकहरू यसमा आकर्षित भएका हुन्।  टाटा आफैँमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको कम्पनीले बताएको छ।

टियागो इभीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक रहेको कम्पनीको दाबी छ।

दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको कम्पनीको भनाइ छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७