माओवादी सांसदको प्रश्न : नेताले पाँच पुस्तालाई कमाउने, जनता भोकै मरून् भन्ने ?


२०८१ श्रावण ४ शुक्रबार ०३:२३ बजे
फाइल फोटो

 काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले सरकार चलाउने शैली बदल्नु पर्ने बताएकी छिन् । राष्ट्रियसभा बैठकमा आज (शुक्रबार) बोल्दै उनले नयाँ तरिकाले अघि नबढे जनता फेरि आन्दोलनमा उत्रन सक्ने बताइन् ।

नेताहरु सरकार फेरबदलमा मात्र व्यस्त भइरहेको भन्दै उनले नागरिकले पाइरहेका सास्तीमा ध्यान दिन नसकेको भन्दै आलोचना गरिन् । ‘आफू चाहिँ ठूलाठूला महल बनाउने, आफ्नो चाहिँ  पाँच पुस्तालाई पुर्‍याउने जनता चाहिँ भोकै मरोस्, अकालमै मरोस भन्ने बेवास्ता गर्ने परिपाटी अहितकर छ ।’

उनले भनिन् ‘अब नयाँ तरिकाले गइएन भने यो मुलुकमा जनताहरू अर्को आन्दोलन र आक्रोशमा जानुपर्ने अवस्था आउँछ त्यसैले यसलाई गम्भीर रुपमा लिनुपर्छ ।’ उनले वर्षाका बेला विकास निर्माणका काम गर्ने गरिएकोप्रति आपत्ति जनाउँदै संवेदनशील सडकहरुमा सुरक्षाकर्मी राखेर गाडी चलाउनु पर्ने बताएकी छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७