इञ्जिनको पूर्ण मर्मतका लागि पोखरा जाँदै थियो सौर्यको जहाज


२०८१ श्रावण ९ बुधबार ०४:०४ बजे

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इञ्जिनको पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा जाने क्रममा थियो ।

९ एन–एएमई जहाजमा १९ जना सवार थिए । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।  यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो । जहाजका क्याप्टेनको सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले दिएको जानकारीअनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य थिए ।

जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको पनि उनले बताए । शाक्यको टाउकोमा चोट लागेको छ । सिनामंगलस्थि केएमसी शिक्षण अस्पतालमा चालक शाक्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । शाक्य झन्डै २०१४ देखि सौर्य एयरलाइन्समा आबद्ध रहेका चालक हुन् । त्यसअघि उनी तत्कालीन सिम्रिक एयरलाइन्समा आबद्ध थिए । १८ जनाको शव निकालिएको नेपाली सेनाले जानकारी दिएको छ ।

बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा लागेको आगो निभाइएको छ । इञ्जिन परीक्षणका लागि प्राविधिक र इन्जिनियर लिएर जहाज पोखरातर्फ उड्न लागेको बुझिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७