हसिनाको सत्ता ढलेसँगै बंगलादेशका ७० कानुन अधिकृतको राजीनामा


२०८१ श्रावण २८ सोमबार १४:२६ बजे
फाइल फोटो

ढाका । बंगलादेशका महान्यायाधिवक्ताको कार्यालयका ७० जना कानुनी अधिकृतले राजीनामा दिएका छन् । कार्यालयले सोमबार बिहान सो जानकारी दिएको हो । त्यहाँ नियुक्त भएका २१५ नायव र सहायक महान्यायाधिवक्तामध्ये ७० जनाले राजीनामा दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।

बुधबार अतिरिक्त महान्यायाधिवक्ता शेख मोहम्मद मोर्शेद र पछि महान्यायाधिवक्ता एएम अमिन उद्दिनले राजीनामा दिएका थिए । बिहीबार थप दुई अतिरिक्त महान्यायाधिवक्ता एसएम मुनीर र ब्यारिस्टर मोहम्मद मेहेदी हसन चौधरीले राजीनामा दिएको जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७