सरकारले ल्याएका अध्यादेशका मुख्य विषय सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । सरकारले सेवा प्रवाह, लगानी र आर्थिक क्रियाकलापलाई थप सहज बनाउन ल्याएको अध्यादेशका मुख्य विषयहरू सार्वजनिक गरेको छ ।
आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा, भूमि तथा वनसम्बन्धी अध्यादेशमार्फत ऐन संशोधन गरिएको सरकारले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गरी अध्यादेशका मुख्य विषयहरू सार्वजनिक गरेका हुन् ।
सरकारले सेवा प्रवाहको सहजताका लागि नागरिक एप प्रयोगमा ल्याउने, कुनै पनि फाइल ७ दिनभित्रै निर्णय गरी टुंग्याउनुपर्ने सीमा तोकेको हो । त्यस्तै, श्रमिकहरूको अनिवार्य अवकाश उमेर ५८ बाट ६० बनाइएको छ ।
हेर्नुस् अध्यादेशका विशेषता