एनसेलमा अचानक समस्या : कल लाग्दैन, डेटा चल्दैन
काठमाडौं । एनसेलको सेवामा आज (सोमबार) दिउँसो साढे ३ बजेदेखि अचानक समस्या देखिएको छ । एनसेलको सिम प्रयोगकर्ताहरूले फोन नलाग्ने, डेटा नचल्ने र टावर नदेखाउने समस्याहरूको सामना गरिरहेका छन् । यस समस्याप्रति धेरैले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरेका छन् ।
एनसेलले यो विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै प्राविधिक समस्याका कारण सेवाहरू अवरुद्ध भएको जनाएको छ । तर, समस्या के हो भन्नेबारे स्पष्ट खुलाएको छैन् । एनसेलले समस्या समाधानका लागि तदारुकताका साथ काम भइरहेको र सेवा यथाशीघ्र पुनः सुचारु गरिने बताएको छ ।