विदेशी मुद्राको विनिमय दर निर्धारण : बढेन अमेरिकी डलरको मूल्य


२०८१ भदौ ३१ सोमबार ०७:०१ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।    

आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ । आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैँया ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैँया १६ पैसा कायम गरिएको थियो ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया ७६ पैसा र बिक्रीदर एक सय ७६ रुपैँया ५५ पैसा कायम भएको छ । आइतबार पाउण्ड स्टर्लिङको मूल्य एकको खरिददर एक सय ७५ रुपैँया ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैंयाँ ४८ पैसा कायम गरिएको थियो । आज स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैँया ७३ पैसा र बिक्रीदर एक सय ५८ रुपैंयाँ ४४ पैसा कायम गरिएको छ । आइतबार स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैंयाँ ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैंयाँ ८२ पैसा कायम गरिएको थियो । 

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैंयाँ ७८ पैसा र बिक्रीदर ९० रुपैंयाँ १८ पैसा कायम भएको छ । आइतबार  अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैँया ६५ पैसा र बिक्रीदर ९० रुपैंयाँ पाँच पैसा कायम भएको थियो । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैंयाँ ५८ पैसा र बिक्रीदर ९९ रुपैंयाँ दुई पैसा कायम भएको छ । आइतबार क्यानेडियन डलर एकको खरिददर ९८ रुपैँया ५५ पैसा र बिक्रीदर ९८ रुपैंयाँ ९९ पैसा थियो । 

 सिङ्गापुर डलर एकको खरिददर आज एक सय तीन रुपैंयाँ २० पैसा र बिक्रीदर एक सय तीन रुपैंयाँ ६६ पैसा निर्धारण गरिएको छ ।  आइतबार सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैँया सात पैसा र बिक्रीदर एक सय तीन रुपैंयाँ ५४ पैसा कायम भएको थियो । जापानी येन १० को खरिददर नौ रुपैंयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैंयाँ ५५ पैसा कायम भएको छ । आइतबार जापानी येन १० को खरिददर नौ रुपैंयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैंयाँ ५६ पैसा कायम गरिएको थियो । 

 चिनियाँ युआन एकको खरिददर १८ रुपैंयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैंयाँ ९६ पैसा कायम भएको छ । सोही मूल्य आइतबार पनि कायम थियो । साउदी अरेबियन रियाल पनि आइतबारको मूल्यमा घटबढ भएन । आइतबारझैं साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैंयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैंयाँ ८५ पैसा कायम भएको छ ।  

 कतारी रियाल एकको खरिददर ३६ रुपैंयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैंयाँ ९० पैसा कायम भएको छ । यो मूल्य पनि आइतबारकै सरह हो ।    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैंयाँ ०३ पैसा र बिक्रीदर चार रुपैंयाँ ०४ पैसा कायम भएको छ । आइतबार थाइ भाट एकको खरिददर चार रुपैंयाँ एक पैसा र बिक्रीदर चार रुपैंयाँ तीन पैसा कायम भएको थियो । 

युएई दिराम एकको खरिददर ३६ रुपैंयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैंयाँ ६३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम थियो । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैँया १४ पैसा र बिक्रीदर ३१ रुपैंयाँ २८ पैसा कायम भएको छ । मलेसियन रिङ्गेटको मूल्यमा सोमबार घटबढ भएन । 

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैंयाँ सात पैसा र बिक्रीदर १० रुपैंयाँ १२ पैसा कायम भएको छ । आइतबार साउथ कोरियन वन एक सयको खरिददर १० रुपैंयाँ आठ पैसा र बिक्रीदर १० रुपैंयाँ १२ पैसा कायम भएको थियो । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैंयाँ ०९ पैसा र बिक्रीदर १३ रुपैंयाँ १५ पैसा कायम भएको छ । आइतबार स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैंयाँ छ पैसा र बिक्रीदर १३ रुपैँया १२ पैसा कायम भएको थियो ।

डेनिस क्रोनर एकको खरिददर १९ रुपैंयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैँया ९७ पैसा कायम भएको छ । आइतबार डेनिस क्रोनर एकको खरिददर १९ रुपैंयाँ ९० पैसा र बिक्रीदर १९ रुपैंयाँ ९९ पैसा कायम भएको थियो । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया १७ पैसा र बिक्रीदर १७ रुपैंयाँ २५ पैसा तोकेको छ । यो मूल्यमा पनि आज घटबढ भएन । 

 कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैंयाँ ९७ पैसा र बिक्रीदर चार सय ४० रुपैंयाँ ९४ पैसा कायम भएको छ । आइतबार  कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैंयाँ ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैंयाँ ८९ कायम भएको थियो । बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैंयाँ ३५ पैसा र बिक्रीदर तीन सय ५६ रुपैंयाँ ९४ पैसा कायम भएको छ । आइतबार बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ३४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैंयाँ ९३ पैसा कायम थियो ।

राष्ट्र बैंकले भारतीय रुपैंयाँ एक सयको खरिददर एक सय ६० रुपैंयाँ र बिक्रीदर एक सय ६० रुपैंयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७