भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन


२०८१ भदौ ३१ सोमबार ०६:५० बजे

काठमाडौं : भारतको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन गरिएको छ ।  उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा भक्तपुरस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको हो । 

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १ करोड १३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवन सोमबार उद्घाटन गरिएको काठमाडौंस्थित भारतीय दूताबासले जनाएको छ । 

भक्तपुर क्षेत्र नं २, प्रतिनिधि सभाका सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापा, सूर्यविनायक नगरपालिकाका उप–प्रमुख सरिता तिमसिना  र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।  

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको रकार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको दूताबासले जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७