रविलाई लक्षित गरी पोखरेलको प्रश्न– सीईओले कम्पनीमा आएको पैसा र खर्चको दायित्व लिनु पर्दैन ?


२०८१ असोज २ बुधबार १०:५२ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि कम्पनीको सीईओले कम्पनीमा कहाँबाट पैसा आउँछ र त्यसको खर्च कसरी हुन्छ भन्ने दायित्व लिनुपर्ने टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरेलले लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम गएकोमा उनको पनि दायित्व हुने पोखरेलको भनाइ छ ।

‘कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिना लगानी त्यसको शेयरहोल्डर बन्दछ र सीईओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ,’ पोखरेलले भनेका छन्, ‘अनि उसले गरेको त्यो काम उसको दायित्वभित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७