रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने


२०८१ असोज २ बुधबार १२:०२ बजे

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल जारी छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा हिजोदेखि शुरू भएको भेलामा देशभरबाट एक हजार पाँस सय जना  प्रतिनिधि सहभागी भएका छन् ।

बैठकमा आज हिजो प्रस्ताव भएको विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेमा छलफल हुँदैछ । आजै बेलुका सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र ठाउँ घोषणा गर्दै भेला आजै सकिने बताइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७