आफ्नै घरमा मृत भेटिए ससुरा, सँगै बस्ने ज्वाईं फरार


२०८१ असोज ५ शनिबार १६:२० बजे

मोरङ । मोरङको पथरीमा आफ्नै घरमा हत्या गरिएको अवस्थामा एक व्यक्ति भेटिएका छन् । पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा भेटिएको हो । आज (शनिबार) विहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटिएको हो । तामाङको धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।

घरमा चन्द्रबहादुर र उनको ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई बस्दै आएका थिए । घटनापछि रविन फरार छन् । चन्द्रबहादुरकी श्रीमती र छोरी (रविनकी पत्नी) वैदेशिक रोजगारीमा छन् । घरमा ज्वाईं–ससुरा मात्रै बस्दै आएका थिए । रविनको घर पनि ससुरालीको छेउमै छ । शुक्रबार राति घरमै मदिरा सेवन गरी ज्वाईं ससुराबीच विवाद भएको थियो । विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७