कांग्रेस नेता प्रधानले मागे धनराजको सांसद र उपसभापतिबाट राजीनामा

‘रवि लामिछाने ‘फ्रड’ हुन्, हेर्नुहोस् त क्लिन–चिट भनेर कत्रो स्वर ?’


२०८१ असोज ५ शनिबार २०:३३ बजे

काठमाडौं ।  सत्तारुढ नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टी उपसभापति धनराज गुरुङमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरू भएकाले तत्काल पार्टी र संसदको जिम्मेवारीबाट राजीनामा दिन आग्रह गरेका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले पार्टी उपसभापति गुरुङमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धानमा सघाउन तत्काल पार्टी र संसदको जिम्मेवारीबाट राजीनामा दिनुपर्ने बताए ।

उनले भने, ‘यो त उहाँले आत्मनिर्णय र आत्मसमीक्षा गर्ने कुरा हो । विगतमा शेरबहादुर तामाङ, रामशरण महत, केशरबहादुर विष्टले पनि राजीनामा दिनुभयो । आत्मसमीक्षा गर्नुपर्छ । धनराजले संसदमा नै यदि त्यस्तो हो भने ममाथि छानबिन होस् भन्नु भयो । छानबिनले कारबाही सिफारिस गरेको छ । कांग्रेसले उहाँसँग छलफल गर्नुभन्दा अगाडि धनराजले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसदको बैठकमा उपस्थित हुन्न भन्नु पर्‍यो । अहिले नै संसदबाट पनि राजीनामा दिन सकिन्छ । भुटानी शरणार्थी प्रकरणमा खाँणमाथि पनि राजीनामाको विषय उठेको थियो । स्वविवेकले राजीनामा दिनुपर्छ भन्ने हो मेरो त । उहाँले उपसभापतिबाट राजीनामा दिनुपर्छ ।’ मितेरी सहकारीमा धनराज र उनकी पूर्व श्रीमती ज्योतीले ठगी गरेको विषय सार्वजनिक भएको छ ।

नेता प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकाले कारबाही हुनुपर्ने बताएका छन् । उनले रवि लामिछाने ‘फ्रड’ भएको समेत आरोप लगाएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री प्रधानले लामिछानेको आचरण पनि उचित नभएको टिप्पणी गरे ।

उनले भने, ‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे । लाजशरम केही पनि छैन् । नागरिकता नै दोहोरो छ । राहदानी नै दोहोरो, आचरण नै खत्तम छ । अहिले हेर्नुहोस् त क्लिन–चिट भनेर कत्रो स्वर ? चितवनका जनतालाई अब हामीले सोध्नुपर्छ कस्तो मान्छे जिताएको भनेर ?’ सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आएपछि सबैकुरा घाम जस्तै छर्लङ् भएको भन्दै अब रवि लामिछानेका पक्षधरले वकालत गर्न जरूरी नभएको उनले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७