बाढीपहिरो प्रभावितका लागि आईएमई ग्रुपद्वारा अहिलेसम्मको सबैभन्दा ठुलो सहयोग

पाँच करोड रकमको चेक हस्तान्तरण


१२:४४ बजे

काठमाडौं : ग्लोबल आईएमई बैंक, आईएमई ग्रुप र आबद्ध कम्पनीहरूले बाढीपहिरो र डुबानबाट पीडितहरूका लागि एकमुष्ट पाँच करोड रपैयाँ हस्तान्तरण गरेका छन् । उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितहरूको राहत र पुनस्र्थापनाका लागि उक्त रकम उपलब्ध गराएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे। उक्त रकम कोषमा सहयोग भएकोमध्ये अहिलेसम्मकै सबैभन्दा बढी रकम हो ।

कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको १५ लाख र आईएमई लाइफको १५ लाख गरी कुल ५ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ । 

बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरुको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताए ।

चेक हस्तान्तरण कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी आजै नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५०लाख, एनएमबी बैंकका अध्यक्ष मनोज गोयलले रु ५१ लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले रु २५ लाख हस्तान्तरण गरे ।

योसँगै प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम रु  १०  करोड २६ लाख भएको छ ।  सहयोग गर्ने सबै संस्थाहरुलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै सङ्कटका समयमा मिलेको साथ अमूल्य बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७