एनपिएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण प्रशारण भारतीय टेलिभिजन स्टार स्पोर्ट्स नेटवर्कबाट हुने भएको छ ।
एनपिएलको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुसार भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कबाट एनपिएलका खेल प्रत्यक्ष प्रशारण हुने भएको हो । यस्तै एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक हुने भएको छ । नेपाल प्रिमियर लिग मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। एनपिएलमा आठ वटा टिमले प्रतिस्पर्धा गर्दैछ।