मलेसियाबाट एक दर्जन नेपाली निष्काशित


२०८१ कार्तिक ३० शुक्रबार १९:१३ बजे

काठमाडौं । मलेसिया सरकारले वैदेशिक रोजगारमा गएका १२ नेपालीलाई निष्काशन गरेको छ । अध्यागमन कानुन उल्लंघन गरेको भन्दै मलेसियाले उनीहरूलाई निष्काशन गरेको हो । निष्काशित उनीहरू बिहीबार काठमाडौं आइपुगेको अध्यागमन विभागले जनाएको छ । ‘मलेसियाले डिपोर्ट गरेका उनीहरू बिहीबार काठमाडौं आइपुगेका छन्। अध्यागमन कानुन उल्लंघन गरेको भन्ने छ । तर, कुन कानुन भन्ने कुरा स्पष्ट खुलाइएको छैन,’ अध्यागमन विभाग स्रोतले सुनायो ।

निष्काशित हुनेहरुमा विजयसिंह गंगी, बुद्धिलाल मुसहर, प्रवास कुमार विश्वास, अनिल लोद, श्यामकुमार लिम्बु, ईश्वर कुमार राई, राजन दास, तुलाराम ओली, रामकुमार सदा, जितेन्द्र ठाकुर, रामसेवक मण्डल र विवेक यादव छन् ।उनीहरू मालिन्दो एयरलायन्सको जहाजबाट वैदेशिक रोजगारका लागि मलेसिया पुगेका थिए । त्यस्तै माल्दिभ्स, बेलायत र कतारले पनि एक–एक जना नेपालीलाई निष्काशन गरेका छन् ।

अध्यागमन कानुन विपरीत यात्रा गरेको पाइएपछि श्रीलंकन एयरलायन्सबाट माल्दिभ्स पुगेका दिल्पाकुमारी सार्की, कतार एयरलायन्सबाट दोहा पुगेका गुडु शेख र थाइ एयरलायन्सको जहाजबाट बेलायत पुगेका सागर गुरुङलाई निष्कासन गरिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय मलेसियाले अवैध तरिकाले प्रवेश गर्नेहरूमाथि कडाइ गरेको छ । वैदेशिक रोजगारका लागि मलेसिया पुग्ने कामदारमाथि पनि उसले निगरानी गर्दै आएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७