०८४ को चुनावमा पनि तपाईले नै लड्ने हो ? देउवाको जवाफ–भोट दिनेहरुलाई सोध्नुस्


२०८१ कार्तिक ३० शुक्रबार ००:०६ बजे

दार्चुला । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले गठबन्धन पूरै कार्यकालसम्म रहने दावी गरेका छन् । आज (शुक्रबार) डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले वर्तमान गठबन्धनको उद्देश्य संविधान संशोधन स्थायित्व र सुशासन कायम गर्ने उद्देश्यले बनेकाले सरकार र गठबन्धन पूरै कार्यकालसम्म रहने दावी गरे ।

उनले गठबन्धनभित्र केही समस्या रहे पनि आपसी समझदारी गर्दै पूरै कार्यकालसम्म चल्ने बताएका छन् ।
संविधान संशोधन गर्न आवश्यक दुईतिहाई आवश्यक पर्ने भएकाले अन्य दलहरूसँग पनि परामर्श र सहमति गर्दै अगाडि बढने सभापति देउवाले बताएका छन् । पुइलेकमा विमानस्थल, परिगाउँमा नेपाल–भारत जोडने पुल, डडेल्धुरामा मेडिकल कलेज कहिले बन्छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा सभापति देउवाले एयरपोर्ट बनाउन डिटेल सर्भे गराउने र त्यसको लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।

परशुराममा नेपाल–भारत जोडने मोटरेवल मोटरेवल पुल बनाउन भारत तयार रहेकोले सो प्रक्रिया अगाडि बढ्ने उनले बताए । सभापति देउवाले डडेल्धुरामा मेडिकल कलेज बनाउने प्रक्रिया अगाडि बढिसकेकोले प्रक्रियागत रूपले अगाडि बढने बताएका छन् ।

सभापति देउवाले ०८४ मा हुने निर्वाचन पनि लड्ने बताएका छन् । आगामी २०८४ मा चुनाव लड्नु हुन्छ कि लड्नु हुन्न ? भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा उनले भने, ‘तपाईहरू सबैले भोट दिए चुनाव लड्छु । भोट हाल्नेलाई सोध्नुस् ।’ पत्रकार सम्मेलनमा देउवाले सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुने बताए । उनले सहकारीपीडितको रकम फिर्ताका लागि पनि सरकारले काम गरिरहेको दाबी गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७