भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न दिइँदै


२०८१ मङ्सिर ६ बिहीबार १३:१२ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बिहीबार) भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने भएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो पौने २ बजे द्विवेदीलाई मानार्थ महारथीको सम्मान कार्यक्रम राखिएको हो ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर बनाउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ । पाँच दिने औपचारिक भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदी बुधबार काठमाडौं आइपुगेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७