कम्बोडिया पुग्यो नेपाली टोली, सभामुख पनि आज उड्दै


२०८१ मङ्सिर ६ बिहीबार १५:२७ बजे

काठमाडौँ । सत्तारुढ नेकपा एमालेसहित विभिन्न दलका नेताहरूको एउटा टोली आज (बिहीबार) कम्बोडिया पुगेको छ। भ्रमण टोलीमा एमालेका पूर्व विदेश विभाग प्रमुख राजन भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन् । यस्तै, कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला टोलीमा छिन् । माओवादीका अग्नी सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा नेता उद्धव पौडेललगायत पनि भ्रमण टोलीमा रहेका छन् ।

पाँच राजनीतिक दलका १३ जना यो भ्रमणमा रहेको एमाले नेता भट्टराईको भनाइ छ । उनले हिजो राति सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भ्रमणको प्रयोजन पनि स्पष्ट पारेका छन् । भट्टराईका अनुसार कम्बोडियामा आजबाट हुने आइसीएपीपी (इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज) को १२ औँ अधिवेशनमा भाग लिन उनीहरू त्यहाँ गएका हुन् ।

भट्टराई उक्त संस्थाको स्थायी समिति सदस्य समेत छन् । एमालेले भोलि काठमाडौंमा आयोजना गर्ने जागरण सभाको संयोजक भट्टराईलाई बनाएको थियो । तर, उनी आफैं विदेश उडेपछि सो जिम्मेवारी कैलाश ढुंगेललाई दिइएको छ । आजै सभामुख देवराज घिमिरे पनि कम्बोडिया उड्दै छन् । दलहरूको टोलीभन्दा सभामुखको भ्रमणको प्रयोजन फरक छ । सभामुखका सचिवालयका अनुसार इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस फोरमको होस्ट कम्बोडियाले गर्दैछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७