विकासका नाममा जथाभाबी डोजर चलाउनु घातक : उपप्रधानमन्त्री सिंह


२०८१ मङ्सिर ६ बिहीबार २३:२७ बजे
फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् । स्थानीय तहहरूले विकास निर्माणका नाममा जथाभावी डोजरलगायतका मेसिन प्रयोग गर्ने कार्य घातक भएको पनि उनको भनाइ थियो ।

काठमाडौंमा बिहीबार प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री सिंहले जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्हरूको सामना गर्नुपरेको बताए । उनले गत असोजमा आएको बाढी, पहिरोले बाटो र सडक निर्माण गर्नु मात्र विकास र समस्याको समाधान होइन भन्ने पुष्टि गरेको बताएका छन् ।

नेपालको भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्र विकास निर्माणका काम गर्नुपर्ने भन्दै हतारमा मेसिनको प्रयोग गर्नु घातक हुने सिंहको भनाइ थियो । ‘गाउँपालिका तथा नगरपालिकाहरूमा जुन बाटो हामीले बनाइरहेका छौं त्यसका कारणले भूक्षय हुने, बाढी पहिरो जाने समस्याहरू देखिरहेका छौं । बाटो र सडक निर्माण मात्र विकास निर्माण र समस्याको समाधान होइन भन्ने गत असोजमा गएको बाढी, पहिरोले समेत पुष्टि गरिसकेको छ ।’ 

सिंहले भने, ‘यसकारण अब हामीले वातावरण र प्रकृतिमैत्री प्रविधिहरू प्रयोग गरेर बाटोहरू निर्माण गर्दा प्रभावकारी र राम्रो हुन्छ भन्ने मेरो बुझाई छ । त्यसमा पनि जुन हिसाबको हाम्रो भौगोलिक अवस्थिति छ, यसमा पनि हामीले गम्भीर भएर सोचेर मात्र विकास निर्माणका काम गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । हतारमा मेसिनहरूको प्रयोगमात्र गरेर हुँदैन । विकास निर्माणका कामको दिगोपना पनि त हामीले याद गर्नुपर्‍यो नि त।’ नेपालमा सडक तथा बाटो निर्माण गर्दा मेसिनहरूभन्दा जनशक्ति उपयोग गरेर निर्माण गर्दा दिगो एवं प्रकृतिमैत्री हुने उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७