गौरीशंकरमा एमालेले माओवादीलाई उछिन्यो, अब दुई हजार मात्र मत गन्न बाँकी
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई नेकपा एमालेले उछिनेको छ ।मत गणनाको सुरुदेखि नै अग्रता बनाएकी माओवादी उम्मेदवारलाई पछि पार्दै एमाले उम्मेदवार झिनो मतले अगाडि बढेकी हुन् । पछिल्लो मत परिणाम अनुसार एमालेकी उमा लुङ्गेली मगर शेर्पाले ६६ मतले अग्रता बनाएकी हुन् ।
उनले १ हजार ९७२ मत पाएकी छन् । माओवादीकी निम लेकी शेर्पाले १ हजार ९०६ मत पाएकी छन् । कांग्रेसकी पासदिकी तामाङको १ हजार २८१ मत आएको छ । यहाँ अब करिव २ हजार मत गणना बाँकी रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जानकारी दिएका छन् ।